बिदा मनाउनका लागि म्यानचेस्टर फर्किएको होइन : रोनाल्डो

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले आफू म्यानचेस्टर युनाइटेड बिदा मनाउनका लागि नफर्किएको बताएका छन् । पोर्चुगलका कप्तान रोनाल्डोले शनिबार म्यानचेस्टर युनाइटेडबाट खेल्दै छन् ।

उनी हालै इटालियन क्लब युभेन्टसबाट आफ्नो पुरानो क्लब युनाइटेड आएका हुन् ।

पहिलोपटक म्यानचेस्टर युनाइटेडमा रहँदा ३६ वर्षका रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका थिए । उनी ६ वर्ष युनाइटेडमा बिताएर स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।

रोनाल्डोले म्यानचेस्टर युनाइटेडको आधिकारिक वेबसाइटलाई भनेका छन्, ‘म सक्षम छु । खेलका लागि तयार छु ।’

युनाइटेडले शनिबार इंग्लिस प्रिमियर लिग अन्तर्गत घरेलु मैदानमा न्यूक्यासलसँग प्रतिस्पर्धा गर्दैछ ।

म्यानचेस्टर सिटीलाई पछि पारेर म्यानचेस्टर युनाइटेडले रोनाल्डोलाई युभेन्टसबाट १२.८ मिलियन पाउण्डमा अनुबन्धित गरेको हो ।