विशेष नयाँ सुविधासहित गुण एयरलाइन्सले असोज १ बाट उडान भर्ने

काठमाडौं। विशेष नयाँ सुविधासहित नेपालमा पुनः उडानको तयारीमा रहेको गुण एयरलाइन्सले  असोज १ गतेदेखि नियमित उडान सुरु गर्ने भएको छ।

गुण एयरलाइन्स एक निजी वायुसेवा कम्पनी हो ।

कम्पनीका प्रवक्ता प्रज्वल थापाले बताए अनुसार कम्पनीले सुरुमा आफूसँग भएको दुईवटा विचक्राफ्ट जहाजमार्फत उडान सुरु गर्न लागेको हो ।

कम्पनीले सुरुमा पोखरा र भरतपुर उडान भर्ने प्रवक्ता थापाले जानकारी दिएका छन् ।

कम्पनीले आजबाटै टिकट बुकिङ खुला सुरु गरेको उनले जानकारी दिए।

असोजको दोस्रो सातादेखि कम्पनीले हालै खरिद गरिएको पाँचवटा जेटस्ट्रिम जहाजमार्फत नियमीत उडान सुरु गर्ने तयारी रहेको उनले बताए।

जेटस्ट्रिम उडान संचालन अनुमति पाएसँगै सातैवटा जहाजमार्फत विराटनगर, भैरहवा, नेपालगञ्ज, सुर्खेत, जनकपुर, सिमरा र तुम्लिङटारतर्फ नियमित उडान गर्ने पनि कम्पनीले बताएको छ ।

यतीसँग खरिद गरेको पाँचवटा जहाज प्राप्ति गरेसँगै कम्पनीसँग भएको दुईवटा बिचक्राफ्टसहित जहाज संख्या सात पुगेको छ।

कम्पनीको दुई वर्षभित्र नौवटा जहाजमार्फत सेवा दिने व्यवसायिक योजना छ। कम्पनीले थप दुईवटा ट्विनअटर सिरिजका जहाज थप्ने योजनासमेत बनाएको छ।