कांग्रेस अधिवेशन: ५८ जिल्लाको स्थानीय तहमा सम्पन्न

काठमाडाै । प्रमुख सत्तारुढ दल कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ५८ जिल्लाको स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ। निर्वाचन समितिका अनुसार वडा अधिवेशन सम्पन्न भएका ६५ मध्ये ५८ जिल्लाको पालिका अधिवेशन सम्पन्न भएको हो।
 
बाँकी जिल्लामा भने निर्वाचन निरन्तर भइरहेको केन्द्रीय निर्वाचन समिति सदस्य तेजबहादुर रावलले नयाँ पत्रिकालाई जानकारी दिए। ‘वडा अधिवेशन सम्पन्न भएका ६५ मध्ये ५८ जिल्लाको पालिका अधिवेशन सम्पन्न भएको छ,’ उनले भने ,‘बाँकीमा अधिवेशन निरन्तर भइरहेको छ।’