यस्तो छ गाउँपालिका अध्यक्षसहित ६ जनाले रकम हिनामिना गरेको नालीबेली

मकवानपुर । पत्रकारिता तालिम कार्यक्रम संचालन गर्दा साँढे दुई लाख बढी हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कैलाश गाउँपालिकाका अध्यक्ष टंक बहादुर मुक्तानसमेत ६ जनाउपर बिगो माग गरेको छ ।

कैलाश गाउँपालिकाले आब २०७५/०७६ मा आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम संचालनबापत भए गरेको कामभन्दा बढी देखाएर रकम अपचलन गरेको अख्तियारको दाबी छ ।

अख्तियारले यस घटनामा गाउँपालिकाका अध्यक्षसहित ६ जनालाई दोषी पाएको हो ।

सो कार्यक्रममा भ्रष्टाचार भएको सूचना पाएपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

दोष प्रमाण पाएपछि अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको हो ।

सो घटनामा गाउँपालिका अध्यक्ष टंक बहादुर मुक्तान, फिलिंगो मिडियाका संचालक राम कुमार रिजाल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर कुसारी,  लेखापाल सुजन श्रेष्ठ आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहन प्रसाद पौडेलमाथि विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो ।

यस्तो छ आरोप-पत्रमा दायर भएका व्यक्ति र माग गरिएको रकम: