बर्दियामा नेपाल स्वयसेवी रक्तदाता समाज गठन

बर्दिया । विरामीहरुलाई आवश्यक पर्ना साथ रक्तदान गर्नेहरुको साझा सामाजिक संस्था नेपाल स्वयंंसेवी रक्तदाता समाजले बर्दियामा आफ्नो शाखा गठन गरेको छ । समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्याको प्रमुख आतिथ्यतामा ठाकुरवावा नगरपालिका वडा नं. १ आयोजित जिल्ला स्तरीय भेलाले समाजको बर्दिया शाखा गठन गरेको हो ।

भेलाले समाजको अध्यक्षमा प्रेमप्रसाद लम्साल, उपाध्यक्ष सन्तोष बास्तोला,सचिब श्यमलाल थारू, कोषाध्यक्ष हिमालय त्रिपाठी र सदस्यहरूमा क्रमशः यज्ञप्रसाद नेपाल,गोपाल निरौला,उमा कुमारी मल्ल, शंकर थारू,महमोद अलि मनिहार र भोजराज बराल सर्वसम्मत चयन गरेको छ ।

कार्यक्रममा समाज केन्द्रिय अध्यक्ष पे्रमसागर कर्माचार्यले रक्तदान जीवन दान भएकाले पछिल्लो समय निजी क्षेत्रबाट भएको रक्त अभावको सिर्जनालाई अन्त्य गर्नका लागि नेपाल स्वयंसेवी रक्तदाताहरु नै सक्रिय भएर लाग्नु पर्ने बताएका थिए सो कार्यक्रमा आजीवन सदस्यहरुलाई सम्मान पत्र समेतप्रदान गरिएको थियो ।