एमाले महाधिवेशन : विजय सुब्बाको अध्यक्षतामा निर्वाचन आयोग

काठमाडौं । नेकपा एमालेले डा. विजय सुब्बाको अध्यक्षतामा निर्वाचन आयोग गठन गरेको छ।

ललितपुरको गोदावरीमा भएको विधान महाअघिवेशनबाट एमाले निर्वाचन आयोग गठन गरिएको हो।

आयोगको सदस्यमा अधिवक्ता महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, डा. कुन्साङ लामा, रीता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, विमला विश्वकर्मा, लोकबहादुर थापा र केवललाल श्रेष्ठ रहेका छन्।

पवित्रा निरौला बाहेक उनीहरु सबै पार्टी अध्यक्ष केपी शर्मा ओली निकटस्थ हुन्। आयोगले देशभर पार्टीका संरचनाहरुको चुनाव गराउने छ।