एमाले महाधिवेशनमा चार देशका पाहुना

काठमाडौँ । शुक्रवारदेखि सुरु हुने नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा ४ देशका राजनीतिक दलहरूका प्रतिनिधि पाहुना रुपमा आउने भएका छन् ।

एमालेको विदेश मामिला विभागले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाका ८ राजनीतिक दलका १५ जना नेताहरू महाधिवेशनमा पाहुनाका रुपमा सहभागी हुने एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

पत्रकार सम्मेलनमा चीनलगायत अन्य २५ देशका दलहरूले भने शुभकामना सन्देश पठाएको विदेश विभाग प्रमुख भट्टराईले बताए ।