केही महिनाभित्रै स्थानीय तहको निर्वाचनमा जाने सरकारको तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले केही महिनाभित्रै स्थानीय तहको निर्वाचन तथा एक वर्षभित्र सङ्घ र प्रदेशको निर्वाचनमा गरिसक्ने बताएका छन् । नेपाली कांग्रेस प्रदेश नं. १ को पहिलो अधिवेशनको भर्चुअल रुपमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कांग्रेसको अगुवाइमा आएको उल्लेख गर्दै कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेर मुलुकमा समृद्धिको पूर्वाधार खडा गरेको बताए ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा रहेको बताए । उनले पार्टीको १४ औं महाअधिवेशन लगत्तै आफ्नो ध्यान तीनै तहका चुनावतर्फ हुने कुरामा जोड दिँदै ‘पार्टीका आन्तरिक चुनावमा हुने जितहार एउटा स्वभाविक प्रक्रिया हो, लोकतान्त्रिक अभ्यास हो ।

त्यसैले तपाईहरुले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिएर आगामी दिनमा पार्टीका सबै नेता तथा कार्यकर्ता एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन कार्यकर्तालाई आगह गरे ।