अमेरिका, बेलायत र भारतका लागि राजदूत पक्का


काठमाडौं । सत्ता र शक्तिको नजिक हुनेहरुले पद जसरी पनि हत्याउँछन् भन्ने कुरा विगतदेखि नै देखिँदै आएको हो । प्रक्रियागत रुपमा सहज गरेर गरिने यस्ता नियुक्तिले मुलुकको भविष्य भने सँधै नै अन्योल भईरहेको देखिन्छ । सरकार परिवर्तनसँगै हुने राजदूत नियुक्ति र परिवर्तनले नेपालको छवि राम्रो भने हुन सकेको छैन । यहि मेसोमा वर्तमान सरकारले ३ जना राजदूत नियुक्ति गर्ने तयारी गरिरहेको छ ।

प्रक्रियागत रुपमा संसददीय सुनुवाई समितिले भारत, अमेरिका र बेलायतका लागि श्रीधर खत्री, शंकर शर्मा र ज्ञानचन्द्र आचार्यको प्रस्तावित नाम सोमबार अनुमोदन गरेपछि अव राजदूत नियुक्ति लिने भएका छन् । ।

सोमबार संसदीय सुनुवाइ समितिमा सांसदहरुको प्रश्नको जवाफ दिएपछि भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री, बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको नाम सर्वसम्मतले अनुमोदन भएको हो ।
उनीहरुको नाम संसदीय समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।