काँग्रेस सभापतिका लागि ६ जनाको मनोनयन दर्ता


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि ६ जनाले मनोनयन दर्ता गराएका छन् । सभापति पदका लागि मनोनयन दर्ता गराउनेहरुमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ्ग र युवराज न्यौपाने रहेका छन् । शनिबार उनीहरु र्‍यालीसहितको तामझाम सहित मनोनयन दर्ता गराएका छन् ।