बैंक अफ काठमाण्डूले १४ प्रतिशत लाभांश दिने

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको २७औं वार्षिक साधारणसभा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा बुधबार सम्पन्न भएको छ।

साधारणसभाले बैंकको प्रतिवेदनसहित नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्ड्र्डसबमोजिम तयार वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ।

सभाले २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट २०७८ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको बैंकले जनाएको छ।

बैंकले हाल ९१ शाखा कार्यालय, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको छ।