कांग्रेस तस्करहरुको पार्टी बन्न सक्ने अर्जुननरसिंह केसीको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननर सिंह केसीले अहिले सचेत नभए कांग्रेस तस्करको पार्टी हुने बताएका छन्। शेखर कोइरालाले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै केसीले यस्तो बताएका हुन्।

‘सानो झुण्डबाट चलाउने पार्टीलाई तोड्नु आवश्यक छ। पार्टी हुकुमी शैलीबाट होइन, व्यक्तिबाट होइन विचारबाट चल्नुपर्छ,’ उनले भेन।

पार्टीभित्रको निरकुंशताविरुद्ध लडिरहने उनले बताए। ‘हामीले स्वार्थविहीन संकल्प गरौं। पार्टीभित्र पारदर्शीता स्थापित गरौं,’ उनले भने। सानो झुण्डबाट पार्टी चल्न नसक्ने उनको भनाइ थियो।