अकुत सम्पत्ति कमाउन सेयरमा लगानी हुने गरेको प्रचण्डको आरोप

????????, ?? ??? ?????(??????? ???????)?? ???? ????????? ????????? ??????? ??????????? ?????? ??????? ?????? ????? ???????? ??????? ???????? ?????? ?????? ? /Tg >]i7 ????

काठमाडौं । पछिल्लो समय शेयर कारोबारप्रति निकै रुष्ट हुँदै आईरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अकुत सम्पत्ति कमाउनका लागि शेयर बजारमा लगानी गर्ने गरिएको आरोप लगाएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जारी आठौं महाधिवशेनमा सम्वोधन गर्दै सो आरोप लगाएका हुन् । प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा देशको पुँजी उत्पाद क्षेत्रबाट वित्त क्षेत्रमा पलायन भएको समेत गुनासो गरे ।

उत्पादनमूलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुनाले समाजमा बेरोजगारीका साथै विभिन्न प्रकारका संकट उत्पन्न भएका छन्। वित्त क्षेत्रमा पुँजी पलायन हुनुको मुख्य कारण पुँजीपतिहरूको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो,ु उनले प्रतिवेदनमा भनेका छन्, ुउत्पादनका क्षेत्रमा लगानी गर्दा समय धेरै, मिहिनेत पनि धेरै गर्नुपर्ने, मजदुर आन्दोलनको सामना गर्नुपर्ने, नाफा पनि कम आउने कारणले नै पुँजीपतिहरूले अरूको सम्पत्ति हडपेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न पुँजीलाई सेयर बजार, मुद्रा बजार, धितोपत्र खरिद बिक्री तथा घरजग्गा किनबेचमा लगानी गर्न थालेका छन्।

उत्पादन क्षेत्रमा लगानी गरेर नाफा कमाउने पहिलेको मुद्रा(माल(मुद्राको स्थान अब लगानी गरेर सिधै मुद्रै कमाउने प्रक्रियाले लिएको उनले उल्लेख गरेका छन्।