एमालेको जिल्ला अधिवशेनमा अधिकांशमा निर्विरोधको प्रयास कहाँ को आए त ?

काठमाडौ । नेकपा एमालेको जिल्ला अधिवेशनमा अधिकांश जिल्लामा अध्यक्ष पद निर्विरोधको प्रयास भएको छ । कहि कहि मात्र निर्वाचन गर्नु अवस्था सिर्जना भएको हो । सकेसम्म निर्विरचेध गराउनका लागि केन्द्रिय पदाधिकारीहरु जुटेका छन् । अहिले समाचार तयार पार्दासम्म जिल्लाको परिणाम आउने क्रम जारी रहेको छ ।

देशका ६३ जिल्लामा शुक्रबारबाट सुरु भएको अधिवेशनमध्ये अहिलेसम्म परिणाम आएका अधिकांश जिल्लामा सहमती मा नै नेतृत्व चयन भएको छ ।

अध्यक्ष सर्वसम्मत भएका ठाउँमा पनि अधिकांश अन्य पदमा मतदान हुँदैछ ।

कपिलवस्तु र पश्चिम नवलपरासीमा चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएका छन् । एमालेले प्यानल बनाएर चुनाव लड्न निषेध गरे पनि कतिपय जिल्लामा प्यानलगत प्रतिस्पर्धा हुँदैछ ।

अध्यक्ष चयन भएका जिल्लाहरु

प्रदेश १

१। झापा – दीपक कार्की
२। मोरङ – ऋषिकेश पोखरेल
३। खोटाङ – रामप्रसाद दंगाल
४। धनकुटा – इन्द्रमणि पराजुली
५। तेह्रथुम – तेजमान कन्दङवा
६ः पाँचथर – राजकुमार भण्डारी
७ः भोजपुर –शरण राई

प्रदेश २

१। सप्तरी – ताराकान्त चौधरी

वागमती

१। धादिङ – भूमी त्रिपाठी
२। काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
३। भक्तपुर – बचन देउजा
४। रसुवा – कर्णेल तामाङ
५। रामेछाप – आनन्दकुमार श्रेष्ठ
६। नुवाकोट – बद्री मैनाली
७। मकवानपुर – एकलाल श्रेष्ठ
८। काठमाडौं – दीपक निरौला
९। ललितपुर – पुरुषोतम आचार्य

गण्डकी

१। गोरखा – प्रेम गुरुङ
२। तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३। म्याग्दी – देवेन्द्र केसी
४। लमजुङ – कृष्णप्रसाद अधिकारी

लुम्बिनी

१। पाल्पा – धनेन्द्रराज घिमिरे

२। गुल्मी – बालकृष्ण काउछा मगर
३। अर्घाखाची – पिताम्बर भुसाल
४। बाँके – किस्मत कुमार कक्षपती
५। बर्दिया – लालबहादुर श्रेष्ठ
६। दाङ – हुकुमबहादुर बस्नेत
७। रुपन्देही – तेजेन्द्र केसी
८। कपिलवस्तु – डम्मर शर्मा ९निर्वाचित०
९। नवलपरासी ९पश्चिम० – दीपेन्द्र अधिकारी ९निर्वाचित०

कर्णाली

१। डोल्पा – शेरबहादुर बुढा
२। सल्यान – गोविन्द पुन मगर
३। जुम्ला – शान्तिलाल महत

सुदूरपश्चिम

१। डडेल्धुरा – प्रकाश साउद
२। बैतडी स् सुरेन्द्र पाल
गैरभौगोलिक जिल्ला

१। मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
२। पेशागत विशेष – उमेश ढकाल