पर्यटन तथा नागरिक उड्ययन मन्त्री आले सवारी दूर्घटनामा

धनगढी । पछिल्लो समय निकै चर्चामा आएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सवारी दूर्घटनामा परेका छन् । कैलाली एयरपोर्टबाट महेन्द्रनगर जादै गर्दा मन्त्री आले चढेको सवारी दूर्घटनामा परेको हो ।
मन्त्री आलेले महेन्द्रनगरमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी जनाउन सुदूरपश्चिमको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सुप प्र ०१००१ झ ३३३ गाडी प्रयोग गरेका थिए । मन्त्री सवार गडाीलाई महेन्द्रनगरबाट कैलाली तर्फ आउँदै गरेको बा ४ च १३७७ को गाडीले ठक्कर दिएको थियो ।
सवारी दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।