आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्तका मामाभान्जाको करामत

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले इन्साइडर ट्रेडिङ गराएका छन् । पौडेलले हकप्रद सेयर स्वीकृतिको पखाईमा रहेको शिखर इन्स्योरेन्सको सेयरमा इन्साइडर ट्रेडिङ गराएका हुन् ।

शिखर इन्स्योरेन्सले हकप्रद सेयरको अनुमति प्राप्त गर्नु अघि पौडेलका भान्जा सुमन गौतम प्रबन्धक रहेको ओपल सेक्युरिटिज (ब्रोकर नम्बर ४) अस्वभाविक रुपमा ठूलो परिणामा सेयर खरिद गरेको देखिएको हो ।

शिखर इन्स्योरेन्सले हकप्रद स्वीकृती पाउनु ३ दिन अघि ओपल सेक्युरिटिज ठूलो परिणामा सेयर उठाएको छ । यसले मामा पौडेलले शिखरको सुचना चुहाउँदा भान्जा गौतमको कम्पनीले ठूलो परिमाण सेयर उठाएको भन्ने आशंका उब्जिएको छ ।

नेपाल धितो पत्रबोर्ड (सेबोन) विगत ५ महिनादेखि अध्यक्ष बिहिन हुँदा आईपीओ तथा हकप्रद सेयर निष्काशन हुन सकेको थिए । उक्त प्रक्रियालाई निकासि दिन गत पुस २९ गते बसेको धितोपत्र सञ्चालक समितिको बैठकले पौडेललाई पाइपलाइनमा रहेका कम्पनीलाई आईपीओ र हकप्रद सेयर स्वीकृती गर्ने अख्तियारी दिएको थियो ।

पौडेल आईपीओ र हकप्रद सेयर स्वीकृती गर्ने सर्वोच्च व्यक्ति चयन भएको ३ दिनम भान्जा प्रबन्धक रहेको कम्पनीले ठूलो परिणामा सेयर खरिद गर्नु प्राकृतिक नदेखिएको अर्थमन्त्रालका एक अधिकारीले बताए ।

माघ ३ गते नेप्सेमा शिखर इन्स्योरन्सको ७ करोड ९० लाख ५५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको थियो । उक्त रकममध्ये १ करोड २ लाख २९ हजारको सेयर ओपल सेक्युरिटिजले मात्र खरिद गरेको छ । १ करोड माथिको सेयर खदिर गर्ने कम्पनीले उक्त दिन जम्म ६ लाख ५५ हजार रुपैयाँको मात्र सेयर बिक्री गरेको छ ।

माघ ६ गते सेबोनले शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सलाई हकप्रदको अनुमति दिएको थियो ।

खरिद परिमाणको तुलनामा बिक्री परिमाण ६ प्रतिशत मात्र रहेकोले पनि उक्त दिनको ओपल सेक्युरिटिजको सेयर कारोबार प्राकृतिक हुन नसक्ने अर्थमन्त्रालयका ती अधिकारीको दावी छ ।

‘३ दिन अघि मामा आईपीओ र हकप्रद सेयर स्वीकृत गर्ने प्रमुख व्यक्ति हुुने । त्यसको दिन ३ पछि भान्जाको कम्पनीले सेयर उठाउने,’ अर्थमन्त्रालका अधिकारीले भने, ‘र, अर्को दिन दिनमा उक्त कम्पनीले हकप्रद जारी गर्ने अनुमति पाउने । यो पक्कै संयोग हैन ।’ यसमा मामाले भान्जालाई केही कुरा चुहाएको हुनु पर्ने ती अधिकारीको दावी छ ।

माघ २ गते ओपल सेक्युरिटिजले शिखर इन्स्योरेन्सको १ लाख २९ हजार रुपैयाँको सेयर खरिद गरेको थियो भने, माग ४ गते शिखरको सेयर खरिद गरेको छैन । यस्तै माघ ५ गते १ लाख ५७ हजार रुपैयाँ र शिखरको हकप्रद स्वीकृत प्राप्त गरेको माघ ६ गते ओपल सेक्युरिटिजले २५ लाख २८ हजार रुपैयाँको सेयर खरिद गरेको छ ।