नागरिक उड्ययन प्राधिकरणका विवादित निर्देशक महानिर्देशकमा बढुवा


काठमाडौं । अनियमितताको आरोप र अख्तियारसहितका नियामक निकायमा उजुरी परेका विवादिन प्रदीप अधिकारीलाई सरकारले नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा बढुवा गरेको छ । प्राधिकरणकामा निर्देशक (११ औं तह) मा कार्यरत अधिकारी यस अघि निकै नै विवादमा परेका थिए । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपाने लगायतलाई रिझाएर महानिर्देशक बन्न सफल भएको प्राधिकरणमा कार्यरत कर्मचारीहरु बताउँछन् ।
प्राधिकरणमा १२ औं तहका सिनियर अधिकृतहरुमा भोलाप्रसाद गुरागाईं, प्रतापबाबु तिवारी, हंसराज पाण्डे, देवचन्द्रलाल कर्ण रहेका थिए । उनीहरुलाई पन्छाएर मन्त्रालयले एकाएक जुनियर अधिकृत प्रदीप अधिकारीलाई नियुक्ति गरेको हो ।


यस अघि पनि केपी ओली प्रधानमन्त्री भएका बेला अधिकारीले महानिर्देशक पद खानका लागि निकै दौडधूप गरेका थिए । पिपल पाते स्वभावका अधिकारीले अहिले देउवाको पालामा भने रामै्र आर्थिक चलखेल गरेर महानिर्देशक बन्न सफल भएका छन् ।

मन्त्री आले र सचिव न्यौपाने बाहेक नेकपाका कुन कुन नेतालाई रिझाएर डीजी बन्न सफल भए भन्ने कुरा चाहिं खोजीको विषय भएको छ ।

२०७८ माघ १७ गते सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो ।

उनी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजनाका निर्देशक रहँदा अनियमितताको आरोप खेप्दै आएका पात्र हुन् ।