गठवन्धन सरकार जनताको भएन, फेरि पेट्रोलियम पदार्थ मूल्य बृद्धि


काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको गठवन्धन सरकार जनताको नभएको पुष्टि हुन थालेको छ । जनतालाई चर्को मूल्य बृद्धि गर्दै गएपछि देउवाको गठवन्धन सरकारमाथि जनताको प्रश्न उठ्न थालेको छ । अहिले फेरि सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेर आफ्नो असली रुप देखाएको छ । आज रातीदेखि बृद्धि भएको पेट्रोलको मूल्यले उच्च विन्दुमा नयाँ रेकर्ड कायम गरेको छ ।

मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजलरमट्टीतेल प्रतिलिटर रु। ३ ले वृद्धि गरिएको भएको छ । यो सँगै अव पेट्रोल १४२ र डिजलरमट्टीतेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो । त्यसको पनि रेकर्ड तोड्दै थप मूल्य बृद्धि गरिएको छ ।

आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य अमेरिकी डलर १ हजार ९५ कायम भएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।