निर्वाचनबाट सरकार पन्छिन मिल्दैनः एमाले सचिव अर्याल

kqsf/;Fu dGqL cof{n lrtjg, ^ kmfu'gM s[lif tyf kz'kG5L ljsf;dGqL kbdfs'df/L cof{n laxLaf/ e/tk'/df kqsf/;Fu s'/fsfgL ub}{ . tl:a/M gf/fo0f clwsf/L÷/f;;

बागलुङ । नेकपा (एमाले)का सचिव पद्ममा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताकी छिन् । बागलुङमा आयोजित पत्रकार भेटघाटमा उनले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्र विरुद्ध हुने बताइन् ।

उनले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग समेत गरिन् । “संविधान, कानुनले तोके अनुसार बेलैमा निर्वाचन हुनुपर्छ, स्थानीय तह पदाधिकारीविहीन स्थितिमा रहनसक्दैन, अर्को कुनै संरचनाले स्थानीय तहको अधिकार प्रयोग गर्न सक्ने परिकल्पना संविधानले गरेको छैन”, नेत्री अर्यालले भनिन् ।

उनले संविधानको कार्यान्वयनमा कुनैपनि पक्षबाट आलटाल गरिए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने बताएकी छिन् । उनले भनिन्, “संविधानअनुसार देश चल्ने हो, हामीले संविधानलाई चलाउने होइन ।”