आफ्नै सुविधा सम्पन्न वडा भवन बनाउने लक्ष्य पूरा गरिरहेका छौँ : मेयर शाक्य

काठमाडौंँ । काठमाडौँ महानगरपालिकाको वडा २७ कार्यालय भवन शिलान्यास भएको छ । माघ २३ गते ज्याथा, येँगपामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले एक कार्यक्रमविच भवन शिलान्यास गरेका हुन् । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष चिनियाँमान बज्राचार्यसहित वडा सदस्यहरु सहभागी थिए ।

शिलान्यासपछि बोल्दै मेयर शाक्यले, काठमाडौँ महानगरका अधिकांश वडाले नवनिर्माण र पुननिर्माणबाट आफ्नै सुविधा सम्पन्न कार्यालय भवन प्राप्त गरिसकेको बताए। ’हामीले ३, ४, ९, १४, १८ र २६ गरी ६ वटा वडाको कार्यालय भवन नवनिर्माण गरेर सञ्चालनमा ल्याइसकेका छौँ । ८ वटा वडाको स्तोन्नति ९५, ६, ७, १०, ११, १५, १७ र ३२० गरेर सुविधा सम्पन्न बनायौँ । तर, २७ वडासहित १, ८, ११, १३, १९, २३, २५, २७, २८ र ३० १० वटा वडामा भवन बनाउने काम जग्गा प्राप्त हुन नसकेको वा प्राप्त भएको जग्गामा विवाद भएकोले काम गर्न सकेका थिएनौँ । आज वडा २७ को शिलान्यास भयो । अरु वडाको पनि समस्या समाधान सुल्झिँदै छन् ।’ शाक्यले भने ‘खरिद प्रक्रिया र जग्गा विवाद विवाद निरुपण भए वडा भवन निर्माण गर्न केही अवरोध छैन । किनभने हामीले नीति बनाएर वार्षिक कार्यक्रममार्फत महानगरको केन्द्रीय कार्यालयसहित सबै वडा बनाउने कार्यक्रम थालेका हौँ ।’

भवन निर्माणका लागि ३ करोड ७९ लाख २७ हजार लागत अनुमान गरिएको्मा खरिद प्रक्रियाबाट २ करोड ८० लाख ८१ ह्जार ६३१ रुपैयाँमा ठेक्केदारले निर्माण कवोल गरेको छ । वडा भवन निर्माणका विषयमा जानकारी दिँदै वडाध्यक्ष चिनियाँमान बज्राचार्यले भने, ‘सुविधासम्पन्न वडा वडाबासीलाई दिन पाउँदा खुशी भएका छौँ ।’

इञ्जिनियर अमित बज्राचार्यकाअनुसार भवन जमिन तलासहित ६ तले हुनेछ । भवनको पाँचौँ तलामा सभा कक्ष हुनेछ । करीव ४ आनामा निर्माण हुने भवनको निर्माण अवधि २०७९ पुस ३० गतेसम्म दिइएको छ । नेपाली शैलीको भवन लिफ्ट र ¥यामसहित जेष्ठ नागरिक र अपाङ्गमैत्री हुनेछ ।