अरु झालेमाले, ओली बन्ने भए भाले गठवन्धनको औचित्य चैंट


काठमाडौं । कांग्रेसले गठबन्धनको औचित्य सकिएको घोषणा गरेको छ । देउवाले बुधवार प्रचण्ड पत्नी सीताको स्वास्थ्यअवस्था बुझेर एमसिसी पास गर्न सहयोग माग्दासमेत प्रचण्डले आफ्नो अडान नछाडेपछि कांग्रेसले यस्तो घोषणा गरेको हो ।

विश्लेषकहरु भन्छन्– आखिर ५ दलीय गठबन्धन झालेमाले, केपी ओली भाले भए भन्न थालेका छन् ।
माओवादीका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल धेरै जान्नेहुँदा तीन बल्ड्याङ् खाने भएका छन् । आजै भएको कांग्रेस र एमालेको बैठकमा ओलीका शर्तलाई कांग्रेसले स्वीकार गर्ने गर्ने स्थितिमा पुगेको छ ।

माओवादी सभामुख अग्नि सापकोटाको पद धरापमा परेको छ भने महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग पनि फिर्ता हुने सहमति बनिसकेको स्रोतहरुको दावी रहेको छ ।

प्रचण्ड र माधवकुमार नेपालले कांग्रेसलाई थाङ्नामा सुताउन खोजेको अर्थमा कांग्रेस नराम्ररी भड्किन पुगेको छ । प्रम तथा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच एमसिसी पारित गरेर अघि बढ्ने सहमति भइसकेको स्रोतले दावी गरेको छ ।

यही सहमतिका कारणले शुक्रवार १ बजेसम्मका लागि संसद बैठक प्रधानमन्त्रीले स्थगित गराएका हुन् । कांग्रेस र एमालेको आजै राति अन्तिम फैसला हुनेवाला छ । भोलिको सूर्य सत्तामा र बाँकी माओवादी, समाजवादीलगायतका दलहरु सडकमा हुने निश्चित जस्तै बनेको छ । उनीहरुले राखेको एमसिसी केही समय पछाडि धकेल्ने प्रयास आजै बिफल भइसकेको छ ।