बुद्धिजीवीले देखाएको गाईजात्रा

काठमाडौं । बुद्धिजीवी, अधिकारकर्मी, नागरिक समाजको कमी छैन नेपालमा । नेपालको ७१ स्थानमा सीमा मिचिएको छ, कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले खाइसक्यो ।

आफ्नै राष्ट्रिय विषयहरु दिनदिनै बिकराल बन्दै गएका छन् । नेपाली धर्ती विदेशी शक्तिको खेलमैदान भइरहेको छ । बोल्दैनन्, कोही पनि बोल्दैनन् ।

डलर पायो भने बोल्ने यी बुद्धिजीवीहरु रुसी दूतावासको ढोकामा पुगेर युक्रेनमा आक्रमण नगर, मानवाधिकारको हनन भयो भनेर यसरी प्रदर्शन गर्छन् । योभन्दा ठुला तमासा, गाईजात्रा के हुनसक्छ ?