एमसीसीका कारण सडक बल्ने झलनाथको चेतावनी

काठमाडौं । गठवन्धन सरकारमा रहेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी सहायता परियोजना एमसीसीकै कारण सडक आन्दोलन चर्किदै गएको बताएका छन् । यो आन्दोलनले सडक तताउने मात्र नभई सडक बाल्ने समेत चेतावनी दिएका छन् ।

एमसीसी कै कारण आज बस्ने भनिएको प्रतिनिधि सभाको वैठक स्थगित भएपछि नेता खनालले सरकारले यस्तै रवैया देखाईरहने हो भने गठवन्धन तोडिने समेत बताए ।

उनले महाशक्ति राष्ट्रको पिछलग्गु बन्न एमसीसी पास गर्ने प्रयास गरिरहेका भन्दै जनताको सडक आन्दोलनले एमसीसी स्वीकृत नहुनेमा आफू ढुक्क रहेको समेत बताएका छन् ।
सरकार साझेदारका रुपमा रहेका खनाले गठबन्धन तोडिने संकेत समेत गरेका छन् ।