बानेश्वर क्षेत्र तनावग्रस्त


काठमाडौं । केही दिन यता बानेश्वर क्षेत्र तनाव ग्रस्त अवस्थामा छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनमा झडप भएको छ । प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो ।

एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठी हानेको छ । प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा हानेका छन् ।

प्रदर्शनकारीहरुले एमसीसी चाहिँदैन, देश बेच्न पाईदैन भन्ने नारा लगाईरहेका छन् । उनीहरुले प्रहरीलाई ढुङ्गा मुढा गरेका छन् भने प्रहरीले प्रदर्शनकारीहरुलाई पानीको फोहोरा हानेर तितरवितर पार्ने प्रयाससँगै अश्रुग्याँस प्रहार गरिरहेका छन् ।