दमौली बजारमा भीषण आगलागी

काठमाडौं । दमौली बजारको एक हार्डवेयर गोदाममा आज बिहान १०ः०० बजेदेखि आगलागी भएको हो । बजारमा लागेको आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित भएका छन् । दमौली बजारमा लागेको आगो निभाउन नजिकैको नदीबाट हेलिकप्टरमार्फत् पानी ओसारेर आगो निभाउन थालिएको हो ।

दमौली बजारमा लागेको आगो निभाउन नसकेपछि गृह मन्त्रालयले पत्र लेखेर सिम्रिक एयरको सहयोग मागेको थियो । त्यसपछि काठमाडौंबाट हेलिकप्टर दमौली गएको थियो । विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान स्थानीय बासिन्दाको भनाई छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भएकाले सल्केको आगो छिटो फैलिएको अनुमा छ ।

सिम्रिक हेलिकप्टरमा क्याप्टेन इन कमाण्ड सुरेन्द्र पौडेल र क्याप्टेन राजेन्द्र दुवाल थिए। हेलिकप्टरमा उनीहरुसँगै अग्नि नियन्त्रक टोली पनि रहेको सिम्रिक एयरका योगेश सापकोटाले बताएका छन् ।

आगो लागेको ठाउँमा बाटो साँघुरो भएको कारण समयमै दमकल पुग्न कठिन भएको बताएका छन् । आगो लागेको स्थानसम्मा दमकल लैजान बाटोमा पर्ने टहरोहरु भत्काइएको छ । अहिले दमकल र हेलिकप्टर बाट आगो निभाउने क्रम जारी छ ।