फौजदारी अपराधमा ‘सोसल मिडिया बाधक अनुसन्धानमा अंगभंग

काठमाडौं । फौजदारी अपराधका गम्भीर घटनामा फेसबुक, ट्वीटर,र युट्युब जस्ता सामाजिक सञ्जालबाट प्रभाव पार्ने गतिविधिहरु धेरै बढेको छ । आजाभोली उच्च अदालत बाहिराबाटै घटनामा दोषी वा निर्दोष भनेर स्वःघोषणा गर्ने प्रवृत्ति बदै गएको छ ।

जिल्ला प्रहरी कार्यालय, तनहुँमा अभिनेता पल शाहविरुद्ध नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी अनुसन्धान चलिरहदा पल शाहाको पक्षमा ठुलो नारावाजी चल्यो । अभिनेत्री पूजा शर्मा शाहलाई भेट्न प्रहरी कार्यालय तनहुँमा पुग्दा पीडित किशोरीलाई नै लाञ्छना लगाउने गरी चर्को स्वरमा नाराबाजी गरिन ।

नायिका शर्माले प्रहरी परिसर अगाडि नै युट्युबमा अन्तरवार्ता दिइन्, ‘मलाई त बलात्कार भनेको थाहै छैन, बल्ल बुझ्दैछु भन्दै , ती नानीले म सानो छु भन्ने सोच्नुपर्थ्यो । जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रमुख एसपी राजेन्द्रबाबु रेग्मीका अनुसार कार्यालयबाहिर पलको पक्षमा नारावाजी गर्नेहरुको भीड नियन्त्रण गर्न बार नै लगाउनु परेको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले पनि विज्ञप्ति जारी गरेर ‘फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित गर्ने गरी पक्ष र विपक्ष बिच समाचार सम्प्रेषण नगर्न सम्बन्धित व्यक्तिको अनुमतिविना कुनै पनि भिडियो रेकर्ड फोटो समेत सोसल मिडियामा अप्लोड नगर्न’ आग्रह समेत गरेका छन् , भने १६ वटा युट्युब च्यानलहरुलाई अनुसन्धान गरी कारबाही गर्न प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरेको छ ।

विभिन्न् युट्युबरहरुले पीडितलाई नै आरोपित गर्ने गरी सामग्री प्रकाशन तथा प्रशारण गर्न थालेपछि प्रेस काउन्सिलमा उजुरी दिएको थियो । प्रेस काउन्सिलले ‘विभिन्न सञ्चारमाध्यम, वेबपोर्टल र युट्युबले वैयक्तिक गोपनियता प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, नकरात्मक असर पर्ने, मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमकाबाट पक्ष–विपक्षमा सामग्री सम्प्रेषण’ भइरहेको निष्कर्ष निकालेका छन् ।

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीले सर्वसाधारणको असहयोग र चाँडो नतिजा खोज्नु नै अहिले अपराध अनुसन्धानको जटिल समस्या भएको बताएका छन् । युट्युब र भीडबाट अनुसन्धान प्रभावित पार्न खोजिएको यो पहिलो पटक भने होइन । चितवनमा सुजिता भण्डारीको शव भेटिँदा पनि गोपनियता कायम गरेर अनुसन्धान गरिनुपर्ने विषयहरु युट्युबर र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती आएका थिए ।

नेपाल प्रहरीका डीआईजी सुवेदीले कुनै पनि घटना घटने वित्तिकै जोसुकै अनुसन्धान अधिकृत बन्ने प्रवृत्तिले समस्या निम्त्याइरहेको बताउँछन् । नतिजा चाँडो आओस् भनेर सोच्ने हो भने अनुसन्धान अधिकृतलाई कामै गर्न बाधा पुग्ने खाल्को गतिविधि गर्नु नहुने सुवेदीले बताएका छन् । नेपाल प्रहरीका अपराध अनुसन्धान अधिकृतहरुका अनुसार अहिले अनुसन्धानमा सामाजिक सञ्जालको दुरुपयोग र चुनौतिका रुपमा बढेको देखिन्छ ।