अशिक्षाका कारण पाठेघरको रोग पाल्दै ग्रामीण क्षेत्रका महिला

काठमार्डौ । हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका–२ मैला गाउँमा बस्ने ६६ वर्षीय होइजाली धामी आर्थिक समस्याले गर्दा अर्थाभावमा रोग पालिरहेकी छिन् । पाठेघरसम्बन्धी समस्या भएको १० महिना बढी भइसक्दा पनि उपचार गर्ने पैसा नहुँदा घरमै रोग पालिरहेको बताएकी छिन् ।

होइजालीले १० महिनादेखि यो रोग पाल्दै रोगले च्यापेको बताउछिन् । उनीले ५० हजारमा भैँसी बिक्री गरेर नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उपचार गर्न गएकी हुँन । अस्पतालले उनीलाई पाठेघरमा समस्यम भएको भन्दै खाने औषधि दिएर घर पठाएको बताएकी छिन् । चौध दिन अस्पताल बसेर धामीले उपचार गदै आएकी बताउछिन् । चाँडै निको हुने स्वास्थ्यकर्मीले आश्वासन दिएर खाने औषधिका साथ घर पठाएको होइजालीका श्रीमान् दलसुर धामीले बताएका छन् ।

होइजालीले औषधि खाएर सकेपनि फेरि समस्या उस्तै छ, मैला स्वास्थ्यचौकीले सिफारिस गरेको भए पनि पैसा नहुँदा पीडा सहँदै बसिरहेको मैला स्वास्थ्यचौकीका इन्चार्ज धनराज ढकालले बताएका छन् । उनीको अर्थावस्था निकै कमजोर रहेको उहाँको परिवारलाई उपचारका लागि नेपालगञ्जसम्म जाने भाडासमेत नभएको गुनासो गरेको इन्चार्ज ढकालले बताएका छन् । तल्लो पेट दुख्ने, रगत, पिप बग्ने, शरीर दुख्नेजस्ता समस्या भइरहेको होइजालीको गुनासो छ ।

होइजालीजस्तै हुम्लाको ग्रामीण बस्तीका महिलामा पाठेघर खस्ने समस्याले बढी देखिने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने महिला यो समस्याबाट बढी पीडित भएको स्वास्थ्यकर्मीको भनाई छ । धेरै महिला यौन रोग लुकाएर पालिरहेका छन् । अफ्ठ्यारो अवस्थामा मात्रै स्वास्थ्य संस्था आउने गर्छन ।

यस्ता समस्या सानो उमेरमा विवाह गर्नु, सुत्केरी भएलगत्तै काम गर्नुपर्ने, गर्भवती समयमा उकाली–अ‍ेराली गर्नुपर्ने, भारी बोक्नुपर्ने, बच्चा धेरै जन्माउनुपर्ने अशिक्षाका कारण लाज मान्ने प्रवृत्तिले पनि जिल्लाका ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या बढी हुने स्वास्थ्यकर्मी ढकालले बताएका छन् ।