आफ्नालाई उम्मेदवार बनाउँदा स्थानीय निर्वाचनमा असर पर्यो : नेता सिंह

काठमार्डौे । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सर्वसम्मत ढङ्गले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छान्नुपर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान गर्न आज आयोजित कार्यक्रममा सिंहले स्थानीय तहको निर्वाचनमा आफ्नाभन्दा पनि राम्रा व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने भनेका छन् । विगतमा पार्टी नेतृत्वले राम्राभन्दा पनि आफ्ना व्यक्तिलाई उम्मेदवार बनाउँदा पार्टीलाई स्थानीय निर्वाचनमा असरपरेको बताए ।

पार्टीका पूर्वमहामन्त्री सिंहले कांग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्नुपर्ने भन्दै , कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घरघर जाउँ, कांग्रेस जिताउ देशव्यापी अभियान सञ्चालन गरेको छ, योग्य व्यक्तिलाई हेरेर पार्टीले स्थानीय तहको निर्वाचनमा टिकट दिनुपर्छ”, बताएका छन् ।

स्थानीयवासीसँग भिजेको व्यक्तिलाई टिकट दिँदा निर्वाचन सजिलै जित्न सकिने उहाँको भनाइ रहेको छ । महासङ्घका नवनिर्वाचित अध्यक्ष रवि सिंहले आफूले निर्माण व्यवसायीको हकहितका लागि काम गर्ने र निर्माण क्षेत्रमा रहेका विकृति, विसङ्गतिको अन्त्य गनुपर्छ भनेका छन् । कांग्रेस नेतृत्वको सरकार बनेपछि निर्माण व्यवसायीले राहत महसुस गरेको मन्त्रि सिंहको भनाई रहेको छ । कोरोनाका कारण अस्तव्यस्त बनेको मुलुकको निर्माण क्षेत्रलाई सही बाटोमा ल्याउन निर्माण व्यवसायीले आगामी दिनहरुमा काम गर्ने आग्रह गरेका छन् ।