१६ वर्ष अघिको हत्यार पक्राउ, अपराध गरिसकेपछि कोही भाग्न सक्दैन

काठमार्डौ । १६ वर्षअघि कास्कीको सातमुहाने भन्ने ठाउँमा सुनसरीबाट मजदुरी गर्न पोखरा आएका २० वर्षीय रोजन राईको हत्या गरेको आरोपमा ४६ वर्षका गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले १६ वर्षअघिको एक हत्या घटनाका फरार अभियुक्त अशोक गुरुङलाई पक्राउ गरेको बताएका छन् ।

गुरुङलाई प्रहरीले इन्टरपोलको सहयोगमा बहराइनबाट पक्राउ गरी बुधवार पोखरा ल्याएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ऊनलाई जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापाले जानकारी दिएको छ । गुरुङलाई बहराइनबाट सुपुर्दगी गरी नेपालमा ल्याएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले घटनाका प्रत्यक्षदर्शीको भनाइ र घटनास्थल मुचुल्काका आधारमा अनुसन्धान अघि बढाई गुरुङलाई पक्राउ गरिएको बताएको छ । प्रहरीका अनुसार २९ वैशाख ०६३ को राति करिब ८ः४५ बजे गुरुङले राईलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

सुनसरी धरानका रोजन राई पोखरामा मजदुरी गर्दै आएका राई लाई साबिक लेखनाथ नगरपालिका–१३,सातमुहानेस्थित खुदी खोलामा ग्याबिन तारमा ढुङ्गा भर्ने काम गर्थे । टाउकोमा दाउरा प्रहारले गम्भीर घाइते भएका राईलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्‍याइएको थियो । तर, उपचारकै क्रममा २ जेठ २०६३ मा उनको मृत्यु भएको थियो ।

१६ वर्षअघिको घटनाको फाइललाई पुनः अनुसन्धान प्रक्रिया अघि बढाएर प्रहरी अभियुक्तसम्म पुग्यो । तर, मृतक राईको आफन्त भने अझै पनि फेला पर्न सकेका छैनन् । पीडितको पक्षमा राज्यले जुनसुकै बेला पनि सहयोग गर्छ । अपराध गरिसकेपछि कोही त्यसबाट भाग्न सक्दैन भन्ने देखाएका छौँ,’ बुधवार आयोजित पत्रकार सम्मेलनमा उलेख गरेको छ ।