दम्पती पक्राउ

काठमार्डौ । मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतबाट २२ वर्ष कैद २ लाख ५० हजार जरिवानाको सजाय पाएर फरार भएको जनकपुुरधाम उपमहानगरपालिका १३ का ४२ वर्षीय रामजी पासवान १ लाख ५० हजार जरिवानाको सजाय पाएका पासवानको ३२ वर्षीया श्रीमती बिभा पासवानलाई धनुषा प्रहरी पक्राउ गरेको छ ।

अदालतबाट फैसला पछि फरार रहेका दुवै जनालाई जनकपुरधाम उपमहानगरपालिका १३ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् । धनुषा जिल्ला अदालतले गत २०७७ माघ २२ गते दम्पतीलाई सजायको फैसला गरेको थियो ।

मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार भएका एक दम्पतीलाई धनुषा प्रहरीले पक्राउ गरेको बताएका छन् ।