२ करोड ८५ लाखको सामान बरामद

काठमार्डौ । पर्साबाट सशस्त्र प्रहरीको टोलीले विनाभन्सार नेपाल भित्र्याइएको रु २ करोड ८५ लाख बराबरको सामान बरामद गरेको छ । बरामद गरिएको सामग्री कपडा, इलेक्ट्रोनिक सामान, हार्डवेयर, मोटर पार्टस, खाद्यपदार्थ र किराना पसलका सामान रहेको सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणकाले जानकारी दिएको छ ।

विभिन्न समयमा बरामद गरिएका ती सामग्री वीरगञ्ज भन्सार कार्यालय र बारास्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ । गत माघमा ६२ लाख, फागुनमा १ करोड १४ लाख र चैतको हालसम्ममा १ करोड ८ लाखको सामान बरामद गरिएको बताएको छ ।

बरामद गरिएका अधिकांश सामान अवैधरुपमा भन्सार छली नेपाल ल्याइएको रहेको नेपाल नं १३ गणकासशस्त्र प्रहरी बलले जानकारी दिएको छ । सशस्त्र प्रहरीले पछिल्लो पटक चोरी, निकासी तथा तस्करी नियन्त्रणको अभियान सञ्चालन गर्दै आएको छ ।