सडक कालोपत्र गरिँदै

काठमार्डौ । नेपाल सरकारको समपुरक अनुदान र बागलुङ नगरपालिकाको साझेदारीमा तीन वर्षअघिदेखि सडक स्तरोन्नति गरिएको थियो । अहिले सदरमुकाम बागलुङ बजारदेखि प्रसिद्ध कालभैरव मन्दिर बलेवा जाने सडक कालोपत्रे गर्न थालिएको छ । बागलुङ नगरपालिका वडा नम्बर १३ को काभ्राबोटदेखि जलुकेनीसम्म साढे तीन किलोमिटर सडक कालोपत्रेको शुभारम्भ सोमबार प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक र बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले संयुक्तरुपमा गर्नुभएको छ ।

साढे पाँच मिटर फराकिलो उक्त सडक कालोपत्रे गर्न जिम्मेवारी पाएको रौताहा कन्ट्रक्सन प्रालिले चैतको अन्तिम सातासम्म सबै काम सकेर सडक हस्तान्तरण गर्ने जानकारी दिएका छन् । अघिल्लो वर्ष नै हामीले यो सडक कालोपत्रेका लागि आवश्यक पूर्वाधार तयार गरेका थियौं, पहिले कोरोना र बाढीका कारण काम गर्न नसकेको बताउछन् ।

चैत मसान्तसम्मको समय भएको र काम सकेर हस्तान्तरण गर्ने उद्देश्य रहेको कम्पनीका साइड इन्चार्ज सुशिल लामिछानेले बताए छ । ६० देखि ४० को साझेदारीमा निर्माण भैरहेको सडकका लागि तीन वर्षमा क्रमागत रुपमा ९ करोड बजेट बिनियोजन भएकोमा निर्माण कम्पनीले ६ करोड ९ लाखमा ठेक्का संझौता गरेको बताएको छ ।

सडक कालोपत्रे भएपछि भैरवस्थान, मुलाबारी, भकुण्डे भ्यूटावरलगायत पर्यटकीय क्षेत्रमा पुग्न सहज हुने बताउछन् । पाग्जादेखि भैरवस्थानसम्म बिभिन्न खण्डमा स्तरोन्नतिको काम भैरहेकाले बाँकी सडक क्रमशः कालोपत्रे गर्न दबाव दिइने नेकपा एमाले नेता कृष्ण पाठकले बताएका छन् । सडक मर्मत गरेर कालोपत्रे गर्न थालिएको निर्माण कम्पनीका इन्चार्ज लामिछानेले जानकारी दिइएको हो ।