काठमार्डौ । काठमाडौं महानगरपालिका १६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई ठगी तथा आपराधिक बिश्वासघात कसूरमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
पीडितको नवलपरासी जिल्लास्थित जग्गा, जमिन खण्डीकरण र बिक्री गरी सो बापत प्राप्त प्रतिफल बाडफाँड गर्ने लगायतको झुक्यानमा पारी जग्गा लिई पीडितलाई दिनुपर्ने नगद २ करोड ५६ लाख रूपैयाँ नदिई फरार रहेकी उनलाई प्रहरीले काठमाडौं महानगरपालिका १६ बालाजुबाट पक्राउ गरेको छ ।
श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको उक्त परिसरले जानकारी दिएको छ ।
Add Comment