पर्वतहरु स्वच्छ पानीको स्रोत मात्र नभएर,जैविक विविधताको घर हो : प्रधानमन्त्री

काठमार्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वतीय क्षेत्र स्वच्छ पानी तथा प्राकृतिक स्रोतका रुपमा रहेको र पर्वतबाटै विश्वको झण्डै आधा जनसङ्ख्याले पानीका स्रोतहरु भएकोले पर्वतीय क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास २०२२ का सन्दर्भमा आजदेखि सुरु भएको दिगो पर्वतीय समाधानसम्बन्धी क्षेत्रीय नीतिगत बहससम्बन्धी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भनेका छन् । पर्वतहरु भनेका संसारको झण्डै आधा जनसङ्ख्याका लागि स्वच्छ पानीको स्रोत मात्र नभएर विश्वका समग्र जैविक विविधताको घर पनि हुन् भन्ने कुरा हामी मानवले मनन् गर्नुपर्छ ।

समस्याहरु प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनले पारेको असरका कारण उत्पन्न भएको उल्लेख गरेका छन् । पछिल्लो समयमा कैयौँ अध्ययनहरुले विश्वमा हाल बढ्दो जलवायु परिवर्तनका कारण देखिएको विश्वव्यापी उष्णताको तुलनामा पहाड पर्वतहरु बढी मात्रामा मारमा परेका समेत बताए । मन्त्री देउवाले अहिलेका मानिस र पहाड पर्वतहरु एकै खालका समस्याहरुबाट गुज्रिएका छन् भन्दै, सका प्रमुख चुनौतीहरुमा गरिबी, खाद्य असुरक्षा, वातावरणीय विनाश, प्राकृतिक प्रकोपको जोखिम नै अहिलेका मुख्य समस्या रहेको बताएका छन् ।

हिउँ पग्लिने, हिमनदी पग्लिने, बढ्दो खडेरी, अस्वभाविक वर्षा, बाढी र पहिरो आदिका कारण पहाड पर्वतलाई बढी मात्रामा प्रभाव पारेको भन्दै मन्त्री देउवाले मानवीय जीवन र पर्यावरणीय सन्तुलनमा पहाड र पर्वतको महत्वका बारेमा विश्वव्यापी रुपमा नै चेतनामूलक कार्यक्रममा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । नेपाल सरकारले पर्वतीय क्षेत्रको महत्व र आवश्यकताका विषयमा आवश्यक नीति निर्माणका लागि काम गरिरहेको बताएका छन् ।

नेपालस्थित संयुक्त राष्ट्र सङ्घीय नियोगहरू, संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र, विश्व वन्यजन्तु कोष, अन्तर्राष्ट्रिय संरक्षण सङ्घ, विकास साझेदार, गैरसरकारी सङ्घ संस्थालगायतको सहकार्यमा सञ्चालन हुने सम्मेलनमा प्रत्यक्ष प्रविधिमार्फत विश्वका १२ देशका झण्डै डेढ सय प्रतिनिधिको सहभागिता रहेने छ ।

मन्त्री देउवाले यो एजेण्डालाई विश्वव्यापी बनाउनका लागि नेपालले विश्वका पर्वतीय मुलुकहरुसँगको साथ सहयोग र समन्वय खोजेको र विश्वका पर्वतीय मुलुकहरुको साझा चासो सम्बोधन गर्न अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले यो एजेण्डालाई प्राथमिकताका साथ उठाइरहने दावीसमेत गरेका छन् ।