महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् । अध्यक्ष दाहालले पत्रकारहरुसँग कुराकानी गर्दै स्थानीय निर्वाचनमा तालमेल सत्तामा साझेदार दलका बीचमा नै हुने कठोर निर्णय गरेका छन् ।

अध्यक्ष प्रचण्डले भने महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्नी छलफल चलेको जानकारी गराएका छन् । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्ने धारण रहेको बताएका छन् । कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा अति आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट पारेको छ ।

चितवनको भरतपुर महानगरमा स्थानीय निर्वाचनमा केन्द्रीय तहबाट नै आफूहरुको दाबी गरेको पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्नेमा अघि बढेको बताएका छन् । यहाँ सबै राजनैतिक दलहरु आ–आफ्नो तवरले निर्वाचनको तयारीमा लागेको भन्दै उहाँले आगामी निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको दाबी गरेका छन् ।