बलात्कारको झुठा मुुद्दा लगाउने युवतीलाई ३ वर्ष ६ महिना कैद

काठमाडौँ । अछाम जिल्लाको कमलबजार नगरपालिकामा बलात्कारको झुठा आरोप लगाउने एक युवतीलाई ३ वर्ष ६ महिना कैद सजाय भएको छ । जिल्ला अदालत अछामले बलात्कारको झुठा आरोप लगाएको ठहर गर्दै १९ वर्षीया युवतीलाई कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले ती युवतीलाई साढे ३ वर्ष जेल सजाय सुनाएको जिल्ला अदालतले जानकारी दिएको छ ।

अछामकै रामारोशन गाउँपालिका २० वर्षीय युवकले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै ती युुवतीले गत फागुन १० गते जिल्ला अदालतमा अछाममा मुद्दा उजुरी दर्ता गरेकी थिइन् । विवाहको कुरा गर्न आउर्दा ती युवकले आफु सुतिरहेको अवस्थामा आफूमाथि जर्बजस्ती करणी भएको आरोप युवतीले लगाको थियो ।

जिल्ला अदालतमा बकपत्र गर्ने क्रममा ती युवतीले युवकले विवाह गरौं भन्दा घरमा मान्छेको मृत्यु भएको र उमेर पुगेपछि बिहे गरौंला भनेका कारण आफूले रिसले मुद्दा दायर गरेको बयान दिइएकी छिन् । ती यु्वतीले युवकसँग सहमतिमै करणी भएको समेत स्वीकार गरेपछि पीडित भनिएकी युवतीले युवकलाई झुठा मुद्दामा फसाउन खोजेको तथ्य फेला परेको अदालतको फैसलामा उल्लेख छ ।

बलात्कारको झुठा आरोप लगाएका प्रतिवादीलाई झुठा मुद्दामा फसाउने षयन्त्र गरेबापत ती किशोरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ बमोजिम ३ वर्ष ६ महिना कैद हुने फैसला सुनाएको अदालतले जानकारी दिएको छ ।