टेम्केमैयुङ गाउँपालिकाका १० विद्यालयलाई शैक्षिक सामग्री

काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक दुर्जकुमार राईले टेम्केमैयुङ गाउँपालिकाका १० का विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाका वडा नम्बर ३ को अन्नपूर्ण र ४ नागीका विद्यार्थीलाई शैक्षिक सामग्री दिइएको पूर्वप्रहरी राईले बताए ।

कक्षा १ मा पढ्ने विद्यार्थीहरुलाई कपडासमेत वितरण गरिएको छ भने , सामुदायिक विद्यालयका बाल कक्षादेखि १२ कक्ष सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाले बताएका छन् । कक्षा १ का ७० जान विद्यार्थीहरुलाई कोटसँगै, कपी, कलमलगायत शैक्षिक सामग्री दिइएको बताएका छन् । गाउँपालिकाको ३ मा पर्ने अन्नपूर्ण बागधन रणदीपा राई माध्यमिक विद्यालयमा ६ वटा कम्प्युटर वितरण गरिएको रोटरी क्लब काठमाण्डौ वेस्टका अध्यक्ष शारदाभक्त रञ्जीतले बताएका छन् ।

आफू जन्मेको ठाउँमा केही गरौँ भन्ने उद्देश्यले विद्यार्थीलाई शैक्षिक सामग्रीसँगै कक्षा १ मा पढ्ने बालबालिकालाई कपडा वितरण गरेको राईले बताएका छन् । उनले भने यो विद्यालय नभएको भए म यति बेला पनि भैँसी गोठालो हुन्थे होला, यही विद्यालयमा अध्ययन गरेर म यो ठाउँमा पुगेको छु, यहाँका विद्यालयको शैक्षिक सुधारमा मैले सकेको सहयोग गरिरहेको छु, आगामी दिनमा पनि यस्तो सहयोग हुने पूर्वप्रहरी राईले बताएका छनु ।

टेम्केमैयुङ गाउँपालिकाले शैक्षिक विकासका लागि नीति तथा कार्यक्रम तयार गरेर काम गरिरहेको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताएका छन् । अध्यक्ष राईले भने हामीले यहाँको शैक्षिक विकासका लागि प्राथमिकताका साथ काम गरिरहेका छौँ, यहाँबाट उत्पादन भएका विद्यार्थीले देशका अन्य विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण दिने लक्ष्यका साथ काम भइरहेको समेत बताए । सो विद्यालयको लागि कम्प्युटर कक्षा र पुस्तकालय स्थापना, भौतिक विकासलगायतमा तीव्रताका साथ काम गरिरहेको गाउँपालिका अध्यक्ष ध्रुवराज राईको भनाई रहेको छ ।