दलहरूले बढाए स्थानीय चुनावको चहलपहल

काठमाडौँ । कञ्चनपुरको केही नगरपालिका र गाउँपालिकामा भने आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको चहलपहल निकै बढेको छ । कञ्चनपुर जिल्लाको सात नगरपालिका र दुई गाउँपालिकामा नेकपा एमाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्रता रुपमा अघि बढाएको छ ।

कञ्चनपुर जिल्लामा एमालेका अध्यक्ष सुरेन्द्र विष्टले जिल्लाभरका वडाका कमिटीलाई प्रशिक्षण दिएर चुनावमा पार्टी विजयी गराउन उद्देश्य ररहेको बताएका छन् । केही दिनअघि महेन्द्रनगरमा ९२ वडाका पार्टी प्रतिनिधिलाई प्रशिक्षण दिएको एमालेले वडास्तरमा घरदैलो, पार्टी सम्र्पक कार्यालय स्थापनालगायत कामलाई तीव्रता दिएको बताएका छन् ।

स्थानीय चुनावमा लक्षित नेता तथा कार्यकर्तालाई जिम्मेवारी र केन्द्रीय तहका नेता प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा परिचालन हुने एमालेले अध्यक्ष सुरेन्द्र विष्टले क्षेत्र नं १ को उपसचिव कर्णबहादुर चन्दलाई क्षेत्र नं २, सचिब पल्लवराज भट्ट र उपसचिव फैरी तामाङ ,क्षेत्र नं ३ जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मी बुढालाई निर्वाचनमा खटाइएको बताएका छन् ।

घर घर जाऔँ, कांग्रेस जिताऊ’ अभियानका साथ नेपाली कांग्रेसले पनि जिल्लाभर चुनावी अभियान सञ्चालन गरिरहेको छ । जिल्लाको सबै वडास्तरसम्म परिचालन भएको कांग्रेसले जानकारी गराएको छ । यसअघि जिल्लामा केन्द्रीयस्तरका नेताबाट समेत पार्टी प्रशिक्षणलगायतका काम गरिसकेको कांग्रेसले अघिल्लो निर्वाचनभन्दा यसपटक माहोल आफ्नो पक्षमा रहेको दाबी समेत गरेका छन् ।

स्थानीय निर्वाचनको तयारीमा माओवादी केन्द्रले पनि चुनावी अभियान सम्पुर्ण वडास्तरसम्म सञ्चालन गरिरहेको छ । माओवादीले यसअघि पनि दुई पालिकामा बिजय भएको दाबी गरेका छन् । माओवादीका अनुसार यहाँ विभिन्न तहका नेतालाई जिम्मेवारी दिएर घरदैलो अभियानमा खटाइएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व सम्हालेसँगै अध्यक्ष गजेन्द्रबहादुर चन्दले दोधारा चाँदनीदेखि बेलौरीसम्म चुनावी अभियान सञ्चालन गरेका छन् । चुनावी अभियानका क्रममा केन्द्रीय पार्टी कार्यक्रममा सहभागी हुन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन दुई पटक कञ्चनपुर आइसकेको जानकारी छ । चुनाबमा यस पटक भने राप्रपाको साङ्गठनिक स्वरुप फराकिलो हुँदै जाँदा अन्य दलहरूप्रति स्थानीय चुनावमा असर पर्ने समेत भनेका छन् ।