प्रत्येक औषधिमा १० प्रतिशत छुट

काठमार्डौ । बाजुरा जिल्लाका नागारिकहरुले सानतिना बिरामी हुँदा पनि औषधीकिो अभाबको कारण तथा अस्पतालको अभावमा धेरै नागारिकले अकालमै ज्यान गुमाएको हुँदा अहिले सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीहरुलाई प्रत्येक औषधिमा १० प्रतिशत छुट दिइने भएको छ ।


सदरमुकाममा रहेको बाजुरा अस्पतालले आजदेखि लागू हुने गरी अस्पतालमा उपचार गर्न आएका बिरामीहरुले खाने औषधिमा १० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीले जानकारी दिएका छन् ।

अस्पतालमा हाल ७० प्रकारका औषधि निःशुल्क पाइने र त्यसबाहेका औषधि किन्दा १० प्रतिशत छुट गर्ने निर्णय गरिएको अध्यक्ष कार्कीले बताएका छन् । बाजुरा अस्पताललाई जनमुखी बनाउने गरी काम गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कार्कीको भनाइ रहेको छ । ।

जिल्ला अस्पताल बाजुरामा नर्सिङ कक्षा सञ्चालनका लागि प्रदेश सरकारसँग अनुमतिका लागि पहल गर्ने अध्यक्ष कार्की बताएका छन् । अस्पतालमा आएका बिरामीलाई १० प्रतिशत छुट दिँदा स्थानीयले धेरै राहत पाउने अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले बताएका छन् । अहिले अस्पतालको फार्मेसीमा ७५० प्रकारका औषधि रहेको डा जोशीले जानकारी दिइएका छन् ।