गुडिरहेको ट्रकमा आगलागी

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका २९ सत्र किलोमा आज बिहान गुडीरहको ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको प्रहरी कार्यालयले जानकारी दिइएको छ ।

ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको प्रहरी कार्यालयले जानकारी गराएको छ । प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको बताएका छन् । उक्त ट्रक आगलागीबाट पूर्णरुपमा क्षति भएको नरहरी अधिकारीले बताएका छन् ।