नेपाल टेलिकमले वास्ता नगर्दा टेलिफोन सेवामा अवरुद्ध

काठमाडौँ हुम्लाको सिमकोट गाउँपालिका, ७ धारापोरीमा टेलिफोन सेवा अवरुद्ध भएको भएको छ । पाँच महिनादेखि अवरुद्ध भएको टेलिफोन सेवा मर्मतमा नेपाल टेलिकम शाखा हुम्लाले वास्ता नगर्दा सेवाग्राहीहरु समस्यामा परेका छन् ।

गत मङ्सिरदेखि बिग्रिएको नमस्ते टेलिफोनको टावर अझै मर्मत हुन नसक्दा पाँच महिनादेखी टेलिफोन सेवा अवरुद्ध हुँदा उत्तरी नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका अधिकांश गाउँका नागरिक समस्यामा परेका छन् ।

सिमकोट, ७ धारापोरीमा पाँच महिनादेखि नागरिकहरुले टेलिफोन सेवाको पहुँचबाट टाढा रहेको स्थानीय पाङ्लाथुम गाउँका स्थानीय सरिता शाहीले गुनासो सुनाइएका छन् । टेलिफोनको टावरमा खराबी आएका कारण दुई गाउँपालिकाका सिमकोट र नाम्खाका केही वडाका सेवाग्राहीलाई समस्या भएको स्थानीयको गुनासो रहेको छ ।

धारापोरीको ठाडा ढुङ्गा लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सिमकोटका स्याडा, डाडाँफया, चौगनफाय, धारापोरी, खोल्सी र पाङ्लाथुम तथा नाम्खाका हेप्का, धिगाँ, केर्मी, खगालगाउँ, गाडापारीलगायत गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित रहेको स्थानीयवासी सङ्गीता शाहीले बताएका छन् ।

टेलिकमको टावर मर्मतका लागि नेपाल टेलिकम शाखा सिमकोटमा जानकारी गराउँदा कुनै वास्ता नगरेको स्थानीयवासीले बताएका छन् । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको स्थानीयवासीहरुको गुनासो गरेका छन् ।