कृषि विकास निर्देशनालयमा २० प्रतिशत खर्च

काठमाडौँ । बाग्मती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले चालु आर्थिक वर्षको फागुनसम्म अर्थात् विगत ८ महिनामा कूल २० प्रतिशत मात्र बजेट खर्च भएको छ ।

निर्देशनालयले विगत ८ महिनाको प्रगति विवरणानुसार निर्देशनालयका लागि चालु आर्थिक वर्षमा ५० करोड ५८ लाख ४८ हजार बजेट विनियोजन मध्य हालसम्म सो निर्देशनालयले १५ करोड ९२ लाख ३५ हजार मात्र खर्च गरेको छ । कृषि विकास निर्देशनालयका लागि मन्त्रालयले दोस्रो चौमासिकका लागि १५ करोड बजेट उपलब्ध गराए पनि उक्त अवधिमा ७ करोड मात्र खर्च भएको निर्देशनालयका प्रमुख रवीन्द्रबहादुर प्रधानले जानकारी दिइएका छन् ।

निर्देशनालयका प्रमुख मुगलप्रसाद शाहका अनुसार मन्त्रालयले ३ करोड ९८ लाख बजेट विनियोजन गरिएकामा २ करोड ३ लाख खर्च भएको बताए । मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले चालु आर्थिक वर्षको ८ महिनामा ५१ प्रतिशत रकम खर्च गरेको बताएका छन् ।

पशुपालनमा लाग्ने रोग र त्यसको विकास तथा विभिन्न औजारलगायत अनुदानमा खर्च भएको प्रमुख शाहाको भनाइ रहेको छ । प्रयोगशालाका लागि उपकरण खरिदमा ढिलाइ र कर्मचारी कम हुदा काम गर्न समस्या भएको शाहले बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा शरणबहादुर पाण्डेले निर्देशनालयहरुको वित्तीय प्रगति कमजोर रहेकाले यसको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिइएका छन् ।

बागमती प्रदेशका विभिन्न स्थानमा देखिएको बर्डफ्लु रोगको नियन्त्रणमा जोड दिना सचिव डा पाण्डेले आग्रह गरेका छन् । प्रदेशका कृषि तथा भेटेरिनरी कार्यालय र मन्त्रालयबीच समन्वय गरी काम गर्न सकेमात्र पाण्डेले प्रगति हुने बताए ।