स्थानीय चुनावमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच सहमति हुर्ने : अध्यक्ष नेपाल

काठमाडौँ । आगामी वैशाख ३० मा हुने स्थानीय जिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताएका छन् । पछिल्लो समय आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको अध्यक्ष नेपालले जिकिर गरेका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपालले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा माधाव नेपालले ‘उइन उइन’ को स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको र यो सहमतिले सकारात्मक सन्देश दिएको बताए । वामपन्थी र लोकतान्त्रिकको सहमतिले जनता पनि उत्साहित भएको अध्यक्ष नेपालको भनाई रहेको छ । आगामी हुने चुनावमा जाने कुराका सन्दर्भमा हाम्रो पार्टी सबैसँग तयार भएर सबै ठाउँका कमिटीलाई निर्देशन पनि दिइसकेको बताइएका छन् ।

अध्यक्ष नेपालले भने हामीले नाराहरु तयार गरेको छौँ, कामका योजना अगाडि सारेका छौँ र कामको जिम्मेवारी प्रदान गरेको भन्दै विभिन्न दलबाट मिलेर जानुपर्दछ भनी प्रस्ताव समेत गरेका छन् ।