मध्यपुर र भगवती क्लबबीच खेल बराबरी

काठमाडौँ । शहीद स्मारक बी डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी भएको छ । सातदोबाटोस्थित एन्फा अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्समा आज भएको खेलमा मध्यपुर र भगवतीले गोल बराबरी खेल खेलेका छन् ।

आज भएको शहीद स्मारक बी डिभिजन फुटबल खेल हुँदा विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न भने सकेनन् । बराबरी खेलसँगै मध्यपुरले ११ खेलमा १४ अङ्क जोडेको छ भने समान खेल खेलेको भगवतीले १५ अङ्क जोडेको छ ।

बी डिभिजन लिगमा विभिन्न १४ क्लबको सहभागिता रहेकामा शीर्ष दुई टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुने भएको खेलकुद विभागले जानकारी गराएको छ । यस्तै पुछारका दुई टोली रेलिगेशनमा पर्दै ‘सी’ डिभिजनमा झर्ने नेपाल फुटबल सङ्घ बताएका छन् ।