बम बिष्फोटन घटनामा ४ जना पक्राउ

काठमाडौँ । सुनसरीको ईटहरी उपमहानगरपालिका २ मा बम बिष्फोटन भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका २ बस्ने २० वर्षीय रविन थापा, ३२ वर्षीया लक्ष्मी देवी थापा, झापा कन्काइ नगरपालिका , ८ लक्ष्मीपुर बस्ने ४३ वर्षीय संजय भन्ने खगेन्द्र खरेल र लमजुङ ढोडेनी गाउँपालिका,७ बस्ने २३ वर्षीय शेरजंग गुरुङ रहेका प्रहरीले जानकारी गराएका छन् ।

ईटहरी उपमहानगरपालिका २ डेरा गरी बस्ने लक्ष्मी थापाको कोठामा चैत १४ गते बम बिष्फोट हुँदा मानिस घाइते भएको थियो । बम बिष्फोट घटनामा गुरुङ र लक्ष्मी थापाको छोरा रविन थापालाई घाइते अवस्थामा फेला पारी उपचारको लागि अस्पताल पठाएको ईलाका प्रहरी कार्यालय ईटहरीले बताइएका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी इकाई कार्यालय धरान सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले घटनामा संलग्न रहेका उनीहरुलाई पक्राउ गरेको बताए । उनीहरुमध्ये रविन र शेरजंगलाई उपचार पश्चात, लक्ष्मी देवीलाई ईटहरी उपमहानगरपालिका २ बाट र घटनाका मुख्य योजनाकार खगेन्द्र खरेललाई झापा मेचिनगर नगरपालिका ६ स्थित नेपाल भारत सिमाना काकडभित्ताबाट पक्राउ गरेको प्रहरीले बताए ।

उनीहरूमाथी उपर जिल्ला अदालत सुनसरीबाट बम बिष्फोटन र संगठित अपराध मुद्दा शिर्षकमा म्याद थप गरी घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी कार्यलय ईटहरीले जानकारी गराएका छन् ।