६४ अर्ब , सैनिक कल्याणकारी कोषकाे सम्पति

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषको सम्पत्ति करिब ६४ अर्ब पुगेको जानकारी दिएको छ । २०३२ मा १ करोड २४ लाख १ हजारबाट स्थापना भएको सैनिक कल्याणकारी कोषको रकम माघ मसान्तसम्म आइपुग्दा ६३ अर्ब ९७ करोड २६ लाख ६० हजार पुगेको छ ।

राजदल गणमा आयोजित ‘भूतपूर्व सैनिक सम्मेलन’ उद्घाटन गर्दै प्रधानसेनापति शर्माले भूपूसैनिक तथा बहालवालाको जीवन स्तर उकास्न इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा अघि बढाइएको बताए । बैंकसँगको सहकार्यमा सहुलियत कर्जा कार्यक्रमबाट अहिलेसम्मा ३१ हजार ५०० भन्दा बढी लाभान्वित भएको उल्लेख गरेका छन् ।

कल्याणकारी बोर्डको समन्वयमा हिताधिकारीका लागि बैंकले लघुवित्त कार्यक्रममा हालसम्म करिब ६ अर्ब ७५ करोड कर्जा प्रवाह गरिसकेको बताए । कल्याणकारी कोषमार्फत आफ्ना हिताधिकारीका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार, सीप, सहुलियतजस्ता कार्यक्रममार्फत जीवनस्तर उकास्ने कार्यक्रमलाई सेनाले जोड दिँदै आएको प्रधानसेनापति शर्माले बताए ।

शर्माले लामो सैनिक जीवनबाट सेवा निवृत्त भएका भूपूलाई दिएको योगदान खेर नजाने भएकाले सङ्गठनको गरिमय अभिवृद्धि गर्ने ढङ्गबाट समाज सेवामा लागेर उदाहरण प्रस्तुत गर्न सुझाव समेत दिइएका छन् । सम्मेलनमा ज्येष्ठ भूपूसैनक तथा एकल महिलालाई सम्मान, अशक्त तथा फरक क्षमता भएकालाई ह्विल चियर, लघुउद्यम व्यवसायीलाई प्रशंसापत्र र पुरस्कार वितरण तथा ४ भन्दा बढी सन्तान भएकालाई सेनामा पठाउने मातापितालाई सम्मान गरियो छ ।

कल्याणकारी कोषको दिगोपन, मितव्ययी र पारदर्शी प्रयोग गर्न सङ्गठन कटिबद्ध रहेको जनाउँदै सहभागी अन्य वक्ताले सेवासुविधालाई विस्तारित, विकेन्द्रित एवं परिणाममुखी तुल्याउने लक्ष्य बनाइएको शर्माले जानकारी दिइएका छन् । भूपूसैनिकले आफ्ना सहपाठीसँगको भेटघाट र औषधिमूलोका हिसाबले अभूतपूर्व जमघटका रूपमा लिने गरेका छन् ।

देशको प्रमुख अङ्ग मानीने नेपाली सेनामा जीवनको महत्वपूर्ण क्षण बिताएका भूपू र एकल महिलाको सङ्ख्या करिब ८५ हजार पुगेको छ । सम्मेलनका अवसरमा हिताधिकारीलाई लक्षित गरी आयोजना गरिएको बृहद् स्वास्थ्यबाट ७०० भन्दा बढी सेवाग्राही लाभान्वित भएको जानकारी गराएका छन् ।

गौरवमय इतिहास र विशिष्ट परम्परा बोकेको नेपाली सेना आफँैमा एउटा मर्यादित, अनुशासित, सशक्त र उत्कृष्ट संस्था भएको सैनिक कल्याणकारी बोर्डका कार्यकारी अधिकृत गौरव तण्डुलले बताएका छन् । कल्याणकारी कोषको अभिवृद्धि गर्ने, नयाँ चिन्तनसहित गति ल्याउने, लगानीका सम्भावित क्षेत्रको पहिचान गर्ने, कार्यक्रमलाई विकेन्द्रीकरण गरी सेवालाई घरदैलोसम्म पुराउने हरहमेसा प्रयत्न भइरहेको अधिकृत तण्डुलको भनाई रहेको छ ।