सम्पन्न परिवार भित्रै महिला हिंसा अत्यधिक

काठमाडौं । काठमाडौँमा आइताबार बीभीएस नेपाल र एक्सन एड नेपालले आयोजना गरेको कार्यक्रममा अग्निजन्य हिंसा तथा दुर्घटनाका लागि कानुनको माग गरिएको छ। उक्त कार्यक्रममा सरोकारवालाहरूले ल्याउँदै गरेको एसिड कानुनमा अग्नि जन्य हिंसा तथा दुर्घटनाका थप गर्न माग गरेका छन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्की धेरै महिलाले घरभित्रका पीडा लुकाउँदै आएको बताएकी छन् । हुनेखाने र शिक्षितको घरमा धेरै हिंसा बढेको छ। तिनीहरूले बाहिर निकाल्न चाहेका छैनन्। दाइजोका कारण कति महिलाहरु मारिएका छन्। कति जलाइएका पनि छन्। साना दुदे बच्चदेखी वृद्ध आमासम्मका बलात्कार धेरै भएका छन्, । त्यसैले घरेलु हिंसा लुकाएर होइन खुलेर बाहिर आउने उपप्रमुख खड्कीले बताइएकी छन् ।

महिलाको आर्थिक अवस्था कमजोर भएकै कारण हेपिनुपरेको बताउँदै आर्थिक क्रान्तिका लागि महिला दिदिबहिनी हरुलाई अघि बढ्न उनले आग्रहा गरेका छन् । महिलाहरू पहिलेको भन्दा अहिले धेरै नै सक्षम भइसकेका पनि छन्। अब उपपदमा होइन प्रमुख पदमा आउनुपर्ने र महिलाका समस्या महिलाबाटै समाधान गर्ने ठाउँमा पुग्नुपर्ने समेत बताइएकी छन् ।

कार्यक्रमा घरेलु हिंसाजन्य घटनाबाट पीडित भएका निरु तामाङ , पवित्रा कार्की र इन्दिरा महर्जनलगायतले आफूले भोगेका पिडा सुनाउँदा सबै भावुक भएका थिए। उनीहरूले बीभीएसले आफूहरूलाई सहयोग गरेको भन्दै धन्यवाद दिएका छन् । उनीहरूले पीडादायी कुरा सुनाइरहँदा कार्यक्रमा धेरैको आँखा रसाए । कार्यक्रममा उपस्थितहरूले अग्निजन्य दुर्घटना सरकारको प्राथमिकतामा नपर्नु, कानुन पर्यापत नहुनु, साथै कार्यान्वयन पक्ष फितलो हुनु र यसका पीडितलाई कानुनमा समेट्न सरकारलाई सुझाएको बताएका छन् ।

एक्सन एड नेपालका एजुकेटेड डाइरेक्टर सुजिता माथेमा महिलालाई समाजले वस्तुको नजरले हेरेको बताइन्। ‘समाजमा यी सबै जघन्य अपराध हुन् भनेर स्थापित गर्न चुनौती छ । ४० वर्षदेखि महिलाको क्षेत्रमा काम गर्दै आएकी माथेमाले भनीन कोही जल्दा त शरीरमा बाहिर क्षति देखिन्छ। तर, मानसिक क्षति झनै खतरना भएको उनको भनाई रहेको छ । जहाँ घटना हुन्छ, त्यहाँ प्रहरी पुग्छ। यस्ता घटनामा पीडितका लागि सधै हातेमालो गरेका छौं। नेपाल प्रहरीले यस्तो कार्यमा सधैं सहयोग गर्दै आएको व्यवस्थापन महाशाखाका एसपी अरुण पौडेलले बताएका छन् ।