बाटो क्रस गर्ने क्रममा महिलाको मृत्यु

काठमाडौँ । कञ्चनपुरको शान्ति निकेतन चोकमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका ५ को मञ्जु बुडाल रहेको छ । ना४ख ४४६६ नंको बसले ठक्कर दिँदा बुडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार बजारबाट सामान खरिद गरी बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिदा मञ्जुको मृत्यु भएको बताएका छन् ।

मृतक महिला ब्रह्मदेव प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक देवसिंह बुडालकी श्रीमती भएको बताइएको छ । ठक्कर दिने बसका चालक भने फरार रहेका छन् । प्रहरीले बसचालकको खोजी गरिरहेको बताएको छ ।