युवक बेपत्ता

काठमाडौँ । ताप्लेजुङ माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । मिक्वाखोला गाउँपालिका, २ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी गाएका छन् ।

प्रहरीका अनुसार उनी साथीहरूसँग माछा मार्न तमोर नदीमा गएका बताएका छन् । नदीले अचानक बगाएपछि उनका साथीहरुले खबर गरेका थिए । घटनाबारे खोज अनुसन्धान र बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले बताएका छन् ।

गए राति भएको उक्त घटनाबारे आज बिहान मात्र प्रहरीलाई खबर गरिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक कैलाश राईले बताएका छन् ।