प्रहरी हिरासतभित्रै एक व्यक्तिको हत्या

काठमाडौँ । बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा घाटी रेटिएको अवस्थामा एक व्यक्ति फेला परेका छन् । तामाको तार चोरीको अभियोगमा बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् ।

घाईते नेपालीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनी लुम्बिनी प्रादेशिक अस्पतालका सफाइ कर्मचारीसमेत हुन् । गम्भीर अवस्थामा रहेका उनको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जानकारी दिइएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल औद्योगिक क्षेत्र आसपासमा शनिबार तामाका तारहरु कबाड पसलमा बेच्दै गरेको अवस्थामा नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले त्यसदिन सामान्य सोधपुछ गरेर छोडेको थियो । अन्य स्थानबाट पनि तामाका तारहरु चोरी भएको उजुरी आएपछि सोमबार बिहान उनलाई पक्राउ गरी हिरासतमा राखेको प्रहरी कार्यलयले बताएको छ ।

नेपालीका आफन्तले भने हिरासतभित्रै घाँटी रेटिनु गम्भीर भएको भन्दै घटनाको छानबिन हुनुपर्ने माग गरेका छन् । घाइते नेपालीको आफन्त मानकुमारी सार्कीले कुनै पनि धारिलो हतियार लैजान नपाइने हिरासतभित्रै घाँटी रेटिनु शंकास्पद रहेको बताकी छन् ।

पत्नी तथा आफन्त घर फर्केपछि उनी घाइते अवस्थामा फेला परेका प्रहरीले बताएका छन् । अनुसन्धानका लागि हिरासतमा बस्नु पर्ने भएपछि आत्मग्लानीका कारण धारिलो हतियारले घाँटी रेटेर आत्महत्या गर्न खोजेको हुनसक्ने प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताएका छन् । नेपाली आफैंले हिरासतका उपकरण प्रयोग गरेर घाँटीमा रेट्न खोजेका भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी केसीले बताएका छन् ।